नेपाल औषधि तथा विक्री वितरण संघमा डि आर पाण्डे

    • स्वास्थ्य पेज

  • १५ भाद्र २०८२, आईतवार

नेपालगन्जः नेपाल औषधि तथा विक्री वितरण संघ नेपालगन्ज इकाईको अध्यक्षमा डि आर पाण्डे पुनः निर्वाचित भएका छन् । १८ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । २ वर्षीय कार्यकालका लागि उनी नेतृत्वमा चयन भएका हुन् ।

कोषाध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत भएको अध्यक्ष पाण्डेले बताए । उपाध्यक्षमा विपिन गुप्ता, जितेन्द्र मिश्र, सचिवमा टिका बम, सहसचिवमा कुनाल लखेर र रविन्द्र कुँवर निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा एकेन्द्र कुँवर ३ मतले निर्वाचित भए । उनले साजन ठाकुरलाई पराजित गरे । कुँवरले ५४ मत ल्याए भने ठाकुरले ५१ मत ल्याए ।  यस्तै सदस्यहरुमा प्रविन गिरी, हिमांशु मौर्य, डम्बर बि के, भरत ओझा, करन गुप्ता चयन भएका छन् ।

  • १५ भाद्र २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech