अछामः अछामको बयालपाटा प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा जगदिश जोशीले पाएका छन्।
सुदूरपश्चिम प्रदेश सरकार मातहत अस्पताल सञ्चालनमा आएसँगै तत्कालका लागि अस्पताल प्रमुखको जिम्मेवारी एमडिजिपी एन्ड इमरजेन्सी मेडिसिन विशेषज्ञ डाक्टर जोशीलाई प्रदान गरिएको हो।
यहि भाद्र १ गतेबाट प्रदेश मातहत सञ्चालन भएको अस्पतालको जिम्मेवारी डा जोशीले पाएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले अर्को व्यवस्था नहुञ्जेल सम्मका लागि डा जोशीलाई अस्पताल प्रमुखको जिम्मेवारी दिएर खटाएको हो।
मन्त्रालयको भाद्र ५ गतेको निर्णय अनुसार अस्पतालको आर्थिक, प्रशासनिक, नियमित चिकित्सकीय सेवा प्रदान गर्ने गरी मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी डा जोशीले पाएका हुन्।
बयालपाटा प्रादेशिक अस्पतालको जिम्मेवारी पाएसँगै अछाम पुगेका डा जोशीले अस्पतालको जग बसाल्ने अठोट लिएका छन्।