स्वास्थ्यकर्मी संघको तीज मिलनः स्वास्थ्यकर्मीसँगै नाचे गौडेल पनि

    • स्वास्थ्य पेज

  • ७ भाद्र २०८२, शनिबार

नेपालगन्जः नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले हरितालिका तीजको अवसरमा तीज मिलन तथा दर खाने कार्यक्रम गरेको छ । नेपालगन्जमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका सभापति नारायण प्रसाद गौडेल, लुम्विनी प्रदेशसभा सदस्य माया पुन, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट लगायतले शुभकामना दिँदै महिला दिदीवहिनीहरुसँग छमछमी नाचेका थिए ।

त्यसक्रममा गौडेलले स्वास्थ्यकर्मी संघले स्वास्थ्य सचेतनामा समुदायस्तरमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । उनले ग्रामीण क्षेत्रमा विभिन्न शिविरका माध्यमबाट उपचारको पहुँच नपुगेका ठाउँका नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको भन्दै खुसी व्यक्त गरे ।

लुम्विनी प्रदेशसभा सदस्य माया पुनले तीज महिलाहरुको महान पर्व भएकाले स्वास्थ्यकर्मी महिलाहरु भेला भएर एक आपसमा सुख दुःख साट्ने अवसरका रुपमा लिनुपर्ने बताइन् । यस्तै नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले हरितालिका तीज महिलाहरुको लागि उत्सव भएको बताए ।

उनले स्वास्थ्यकर्मी संघले तीजको अवसरमा महिलाहरुलाई स्वास्थ्यकावारेमा समेत सचेतना फैलाउनु पर्ने बताए । संघका जिल्ला अध्यक्ष जागेश्वर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यकर्मी महिलाहरुको उल्लेखिय उपस्थिति रहेको संघका सचिव तेज ओलीले जानकारी दिए ।

  • ७ भाद्र २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech