इन्सेफलाइटिसबाट एक जनाको मृत्यु

    • स्वास्थ्य पेज

  • ३ भाद्र २०८२, मंगलवार

 नवलपुर: जापनिज इन्सेफलाइटिसबाट नवलपुरमा एक पुरुषको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीका अनुसार मृत्यु हुनेमा मध्यविन्दु-१, पतवारीका ५२ वर्षीय पुरूष रहेका छन् ।

जापनिज इन्सेफलाइटिस सङ्क्रमित लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । सङ्क्रमणबाट अन्य ३ जना बिरामी भएको र ती मध्ये कावासोती-१ निवासी ४४ वर्षीया महिला र वडा न ६ का ५१ वर्षका पुरुष उपचारपछि निको भएको सुवेदीले जानकारी दिए ।

जनस्वास्थ अधिकृत सुवेदीका अनुसार कावासोती-३ निवासी ८२ वर्षीया जापनिज इन्सेफलाटिसबाट बिरामी महिलाको उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको छ ।

जिल्लाका विभिन्न वडामा जापनिज इन्सेफलाइटिसका बिरामी देखिएपछि प्रभावित क्षेत्रका ज्वरो बिरामीहरूबाट आइतबार र सोमबार गरी १३ वटा रगत स्याम्पल कलेक्सन गरी परीक्षणका लागि प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखरा पठाइएको सुवेदीले बताए।

विशेष गरि झरी वर्षासँगै धान खेत, बागबानीमा काम गर्ने तथा ताल किनारमा माछा मार्ने मानिसहरूमा लामखुट्टेको टोकाईबाट जापनिज इन्सेफलाइटिसको सङ्क्रमण फैलने सुवेदीको भनाइ छ ।

  • ३ भाद्र २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech