कोल्टी आधारभूत अस्पतालमा ब्लल्ड बैँक तथा अक्सिजन पलान्टको अभाव

    • स्वास्थ्य पेज

  • १ भाद्र २०८२, आईतवार

बाजुरा: बाजुराको पूर्वी उत्तर क्षेत्रमा रहेको कोल्टी आधारभूत अस्पताललाई ब्लल्ड बैँक तथा अक्सिजन पलान्टको अभाव हुने गरेको छ । यस अस्पतालमा यहाँका बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लालगायतका बिरामीहरू आउने गर्छन् ।

बिरामी हुँदा उपचारका लागि कोल्टीमा आउने गरेका यहाँका दुर्गम गाउँ बस्तीका स्थानीयलाई ब्लड बैँक तथा अक्सिजन पलान्ट नहुँदा उपचारमा समस्या हुने गरेको छ । यहाँको बुढीनन्दा नगरपालिकाले यो अस्पतालमा पछिल्लो समय औषधी कर्मचारीहरू व्यवस्थापन गर्दैै आएको भएपनि ब्लड बैँक तथा अक्सिजन पलान्टको भने अझै निकै अभाव हुने गरेको कोल्टी अस्पतालले जनाएको छ ।

मुगुको सदरमुकाम टाढा पर्छ । त्यहाँभन्दा यता नजिक पर्छ । त्यसैले उपचारमा लागि कोल्टीमा आउने गरेको मुगुको खत्याडकी स्थानीय सुम्मी रोकायाले बताए ।  उन्ले भने , “पहिलेका भन्दा अहिले यहाँ उपचार पनि राम्रो हुन्छ । पहिला भिडियो एक्सरे गर्न बाहिर जानुपर्थ्याे । अहिले त्यो सबै सेवा यतै पाइन्छ । त्यसका लागि बाहिर जानुपरेको छैन ।”

कहिलेकाहीँ रगतको कमी भएको बेला रगतको आवश्यक पर्छ । बल्ड बैँक तथा अक्सिजन पलान्टको व्यवस्था यतै भइदिएको भए निकै सहज हुने रोकायाले बताए । स्वास्थ्य चौकीको रूपमा मात्र सञ्चालन भएको यो अस्पताल २०६३ सालदेखि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै अहिले २०८० वैशाखबाट कोल्टी आधारभूत अस्पतालको रूपमा सञ्चालन भएको हो ।

आधारभूत अस्पताल सञ्चालन गरेसँगै अहिले यहाँका दुर्गमका स्थानीयलाई यता उपचारमा निकै सहज भएको अस्पताल प्रशासन सहायक इन्द्र सुनारले बताए । यहाँका मुख्य समस्या भनेको ब्लड बैँक तथा अक्सिजन पलान्टको हो । यसका लागि प्रदेश तथा सङ्घीय सरकारले केही सहयोग गरिदिने हो भने यहाँ आउने गरेका बिरामीहरूले उपचारका लागि बाहिर जानुपर्दैन ।

अहिले कोल्टी अस्पतालमा एक दिनमा झण्डै दुई सयभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गर्छन् । त्यसमा दर्जनौँभन्दा बढी सुत्केरी महिला आउँने गरेका छन् । यहाँ ब्लड बैँक तथा अक्सिजन पलान्ट नहुँदा उनीहरूलाई उपचार गर्न निकै समस्या हुने गरेको सुनारले बताए ।

यहाँ आउने गरेका बिरामीहरूलाई आफूले सक्दो प्रयास गरेर सेवा दिने गरेका छौं । यहाँ विशेष खालको उपकरण नभएकोले त्यति बेला ती आवश्यक उपकरण चाहिने बिरामीहरूलाई भने सेवा दिन समस्या भएको कोल्टी आधारभूत अस्पतालका प्रमुख डा. रञ्जित शाहले बताए।

यहाँ अस्पतालमा ब्लड बैँक तथा अक्सिजन पलान्टकोे राम्रो व्यवस्था हुने र अन्य दुइ चार जना डाक्टर हुने हो भने यहाँ आउने गरेका बिरामीहरूले उपचारका लागि बाहिर जानु नपर्ने शाहले बताए।

  • १ भाद्र २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech