सास गन्हाउनु, जसलाई चिकित्सकीय भाषामा हैलिटोसिस भनिन्छ, संसारभरि लाखौं मानिसले अनुभव गर्ने सामान्य तर असहज समस्या हो । यसले हाम्रो व्यक्तिगत छवि, आत्मविश्वास, र सामाजिक सम्बन्धमा सीधा असर पार्छ । धेरैले यसलाई केवल मुखको सरसफाइको समस्या सम्झन्छन्, तर वास्तविकता के हो भने सास गन्हिनुका कारण विविध र कहिलेकाहीँ गम्भीर स्वास्थ्य समस्यासँग पनि जोडिएका हुन्छन् ।
१ मुखको सरसफाइको कमी
सास गन्हिनुका सबैभन्दा सामान्य कारणमध्ये पहिलो मुखको सफाइको कमी हो ।
हामीले दाँत, जिब्रो र मसूडा राम्रोसँग सफा नगर्दा खाना टुक्रा, प्लाक र ब्याक्टेरिया मुखमा जम्मा हुन्छन् ।
यी ब्याक्टेरियाले खाना कुहाएर सल्फरयुक्त गन्ध पैदा गर्ने ग्यास बनाउँछन् जसले सास बिगार्छ ।
विशेष गरी जिब्रोको सतहमा ब्याक्टेरिया धेरै हुन्छन्, तर धेरैले जिब्रो सफा गर्ने बानी गर्दैनन् ।
निवारण
दिनमा कम्तीमा दुईपटक दाँत ब्रस गर्ने,
हप्तामा २–३ पटक फ्लस गर्ने,
जिब्रो स्क्र्यापर प्रयोग गर्ने,
र माउथवाशले कुल्ला गर्ने ।
२ मुख सुक्खा हुनु
लालाले मुख सफा राख्ने र ब्याक्टेरिया नियन्त्रण गर्ने काम गर्छ । जब मुखमा लाला कम हुन्छ, ब्याक्टेरिया छिट्टै बढ्छ र सास गन्हाउँछ ।
मुख सुक्खा हुनुका कारण:
पानी कम पिउनु,
मुख खोलेर सुत्ने बानी,
केही औषधिहरू ९जस्तै एन्टिहिस्टामिन, एन्टिडिप्रेसन्ट, ब्लड प्रेशरको औषधि०,
वा लाला ग्रन्थीमा समस्या हुनु ।
निवारण
पर्याप्त पानी पिउने,
सुगर-फ्री च्युइङ गम चपाउने,
र मुख बन्द गरेर सुत्ने बानी अपनाउने ।
३ खानपानको असर
केही खानेकुराले सीधै सासको गन्ध बिगार्छ ।
प्याज, लसुन, अदुवा जस्ता खानामा सल्फर हुन्छ जसको गन्ध लामो समयसम्म रहिरहन्छ ।
मसालेदार, चिल्लो वा प्रशोधित खाना पच्न ढिला हुन्छ र पेटमा गन्धयुक्त ग्यास उत्पादन हुन्छ ।
मदिरा र धूम्रपानले मुख सुख्खा बनाउँछ र ब्याक्टेरियालाई बढावा दिन्छ ।
निवारण
प्याज र लसुन खाएपछि कुल्ला वा ब्रस गर्ने,
ताजा फलफूल र सागसब्जी खानु,
र धूम्रपान–मदिरा छोड्नु ।
४ दन्त रोग
दाँत र मसूडासँग सम्बन्धित रोगहरू सास गन्हिनुको ठूलो कारण हो ।
मसूडाको सुजन र दन्तमूल रोग हुँदा ब्याक्टेरिया गहिरो भागमा जम्मा हुन्छन् ।
किरा लागेका दाँत वा भित्र फसेको फोहोर गन्धको स्रोत बन्न सक्छ ।
दन्त ब्रिज, क्राउन वा ब्रेसेसको भित्र फोहोर फस्दा पनि गन्ध आउँछ ।
निवारण
नियमित दन्त जाँच ९६ महिनामा एकपटक०,
समस्या भए तुरुन्त उपचार,
र दन्त सरसफाइमा ध्यान दिनु ।
५ टन्सिलमा फोहोर जम्नु
टन्सिलको सानो खाल्डोमा खाना टुक्रा, ब्याक्टेरिया र मृत कोष जम्मा भएर टन्सिल स्टोन बन्छ ।
यी टन्सिल स्टोनबाट अत्यन्तै अप्रिय गन्ध आउँछ ।
कहिलेकाहीँ नुन पानीले कुल्ला गर्दा हट्छ, तर गहिरो हुँदा शल्यक्रिया वा चिकित्सकको मद्दत आवश्यक हुन्छ ।
६ पेट र पाचन प्रणालीको समस्या
सास गन्हिनु केवल मुखको कारण मात्र होइन, पेटको कारणले पनि हुन सक्छ ।
एसिड रिफ्लक्स हुँदा पेटको अमिलो रस घाँटी हुँदै मुखसम्म आउँछ, जसले गन्ध ल्याउँछ ।
ग्यास्ट्राइटिस, अल्सर वा पाचन प्रणालीको संक्रमण हुँदा पनि सास बिग्रन सक्छ ।
पेटमा खाना लामो समय रहनु वा कब्जियतले पनि गन्ध बढाउँछ ।
निवारण
मसालेदार र तेलिलो खाना कम गर्नु,
सुत्नु अघि २–३ घण्टा केही नखानु,
र पाचन स्वास्थ्यको जाँच गराउनु ।
७ धूम्रपान र मदिरा सेवन
धूम्रपानले मुख सुकाउँछ, ब्याक्टेरियाको संख्या बढाउँछ र गन्धयुक्त निकोटिनको तह मुखमा जमाउँछ ।
मदिराले पनि मुख सुकाउँछ र पेटमा एसिड उत्पादन बढाउँछ, जसले सास गन्हाउँछ ।
निवारण
यी बानी छोड्नु वा घटाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।
८ श्वासप्रश्वास प्रणालीको रोग
फोक्सो, घाँटी वा साइनसको संक्रमण हुँदा सास गन्हिन सक्छ ।
साइनसमा पीप जम्मा हुँदा गन्धयुक्त वायु मुख हुँदै बाहिर आउँछ ।
फोक्सोको संक्रमण वा ब्रोंकाइटिस हुँदा पनि यस्तो हुन्छ ।
९ मधुमेह, मिर्गौला वा कलेजोको समस्या
मधुमेहमा केटोएसिडोसिस हुँदा फलको जस्तो मीठो तर अप्रिय गन्ध आउँछ ।
मिर्गौला रोगमा अमोनियाको जस्तो गन्ध आउन सक्छ ।
कलेजो रोगमा पेटबाट आउने गन्ध सासमा मिसिन्छ ।
१० औषधिको असर
कसैकसैमा लामो समय प्रयोग हुने औषधिले मुख सुख्खा बनाउँछ वा रसायनिक गन्ध दिन्छ ।
जस्तैस्
एन्टिडिप्रेसन्ट
एन्टिहिस्टामिन
ब्लड प्रेशरको औषधि
केही एन्टिबायोटिक