नवीन औषधि, जेनेटिक उपचार, न्यूरो इमेजिङ जस्ता अत्याधुनिक प्रणालीहरू इन्टरनेट–आधारित उपकरणबिना सम्भव छैन । चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय नालीबाट अपडेट भइरहने चिकित्सकीय ज्ञान आवश्यक पर्छ, जसका लागि डिजिटल पहुँच अपरिहार्य छ ।
२१औँ शताब्दी सूचना र प्रविधिको शताब्दी हो । यस शताब्दीले मानव जीवनका प्रत्येक पक्षमा एक नयाँ मोड ल्याएको छ । चाहे त्यो शिक्षा होस्, व्यापार होस् वा स्वास्थ्य सेवा । हामी आज यस्तो युगमा बाँचिरहेका छौँ, जहाँ डिजिटल पहुँच र इन्टरनेट प्रयोगबिना सेवा प्रदान गर्नु, व्यवस्थापन गर्नु वा नवप्रवर्तन गर्नु कठिन मात्र होइन, लगभग असम्भवजस्तै भइसकेको छ ।
स्वास्थ्य सेवा, विशेष गरेर अस्पतालजस्तो संवेदनशील संस्था, अझ बढी प्रविधिमैत्री बन्नुपर्ने अवस्थामा आइपुगेको छ । बिरामीको संख्या, रोगहरूको प्रकृति, जनअपेक्षा र तिनको अधिकार—सबैले अस्पताललाई अब इन्टरनेट र डिजिटल प्रणाली अवलम्बन गर्न बाध्य बनाएका छन् ।
आधुनिक अस्पतालको परिभाषा फेरिँदै
आजको अस्पताल केवल इँटा र सिमेन्टको संरचना होइन । अस्पतालको सेवा र प्रभावकारिता त्यसमा प्रयोग हुने प्रविधिसँग गहिरो रूपमा जोडिएको छ । अब अस्पताललाई गुणस्तरीय सेवा दिने संस्था बनाउने हो भने उसको डिजिटल उपस्थितिलाई उपेक्षा गर्न सकिन्न ।
. इ–मेडिकल रेकर्ड (EMR) बिना रोगको इतिहास व्यवस्थित गर्न सकिँदैन ।
. टेलिमेडिसिनबिना दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सकिँदैन ।
. अनलाइन अपोइन्टमेन्ट, रिमोट डाइट प्लानिङ, मानसिक स्वास्थ्य परामर्श—यी सबै सेवा डिजिटल प्लेटफर्मबिना सम्भव छैनन् ।
डिजिटल प्रविधि अस्पतालको सेवा क्षेत्र विस्तार गर्ने मात्र होइन, न्यायोचित सेवा वितरणको आधार पनि बनिरहेको छ ।
किन बाध्यता बन्यो इन्टरनेट र डिजिटल सिस्टम ?
नेपालको सन्दर्भमा हेर्दा, स्वास्थ्य क्षेत्रमा प्राविधिक पहुँच विस्तार अझै अपूरो छ । तर विश्वव्यापी प्रतिस्पर्धा, विश्व स्वास्थ्य संगठनका लक्ष्यहरू र सरकारका डिजिटल नेपालजस्ता पहलहरूले अस्पतालहरूलाई अब डिजिटल प्रणालीतर्फ जान बाध्य पारेका छन् ।
१. रोगीको आकस्मिक संख्या र सेवा माग
शहरदेखि गाउँसम्म बिरामीहरूको संख्या बढ्दो छ । भौतिक स्रोत र जनशक्तिको सीमितताबीच सेवा दिन डिजिटल प्रविधिको सहयोग अत्यावश्यक भएको छ ।
उदाहरणस्वरूपः
२. काठमाडौँका सरकारी अस्पतालहरूमा दैनिक ५,००० भन्दा बढी ओपीडी सेवा लिइन्छ ।
. यस्ता संख्यालाई व्यवस्थित गर्न डिजिटल टोकन प्रणाली, अपोइन्टमेन्ट र रिपोर्टिङ प्रणाली आवश्यक हुन्छ ।
३. जटिल रोग र उपचार विधिको विकास
नवीन औषधि, जेनेटिक उपचार, न्यूरो इमेजिङ जस्ता अत्याधुनिक प्रणालीहरू इन्टरनेट–आधारित उपकरणबिना सम्भव छैन । चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय नालीबाट अपडेट भइरहने चिकित्सकीय ज्ञान आवश्यक पर्छ, जसका लागि डिजिटल पहुँच अपरिहार्य छ ।
४. सरकारको नीतिगत दबाब
नेपाल सरकारले सन् २०२० मा ‘डिजिटल नेपाल फ्रेमवर्क’ सार्वजनिक ग¥यो । यसमा स्वास्थ्य क्षेत्रलाई प्राथमिक क्षेत्रको रूपमा राखिएको छ ।
. Health Managemnet Information Center (HMIS)
. e-Hospital System
.Civil Registration and Vital Statistics ( CRVS)
यी सबै सरकारी प्रविधि योजनाहरू अस्पतालहरूमा अनिवार्य रूपमा लागू हुँदैछन् ।
५. बिरामीको अपेक्षा र व्यवहार परिवर्तन
आजको बिरामी स्मार्टफोन प्रयोगकर्ता हो । उसले रिपोर्ट अनलाइन हेर्न चाहन्छ, शुल्क मोबाइल एपबाट तिर्न चाहन्छ, र अपोइन्टमेन्ट बिना अस्पताल नगइ बस्न चाहन्छ । बिरामीको यस्तो डिजिटल व्यवहारले अस्पतालहरूलाई नयाँ ढाँचामा ढाल्न बाध्य बनाएको छ ।
डिजिटल प्रणालीका बहुआयामिक लाभहरू
१. समय, स्रोत र श्रमको बचत
डिजिटल प्रविधिबाट रिपोर्टिङ, भुक्तानी, इन्वेन्टरी व्यवस्थापन, फार्मेसी अनुगमन लगायत हरेक कार्य सहज हुन्छ । यसले अस्पतालको दक्षता उल्लेखनीय रूपमा वृद्धि गर्छ ।
२. डेटा सुरक्षाको माध्यम
कागजी फाइलहरूको हराउने सम्भावना वा गोप्यता भंग हुने जोखिम डिजिटल प्रविधिबाट नियन्त्रण गर्न सकिन्छ । क्लाउड स्टोरेज, पासवर्ड सुरक्षाजस्ता उपायले संवेदनशील मेडिकल डेटा सुरक्षित राख्न मद्दत गर्छ ।
३. सेवा पहुँच विस्तार
नेपालजस्तो भौगोलिक विकटतायुक्त देशमा टेलिमेडिसिन र मोबाइल हेल्थ एप्सले ग्रामीण क्षेत्रमा पनि विशेषज्ञ सेवा पु¥याउन सहयोग गरेको छ ।
४. पारदर्शिता र अनुगमन
डिजिटल प्रणालीमार्फत स्वास्थ्य मन्त्रालयले प्रत्यक्ष रूपमा अस्पतालको सेवा, औषधिको उपयोग, बजेट खर्च र जनशक्ति व्यवस्थापनमा अनुगमन गर्न सक्छ ।
चुनौतीहरू
यद्यपि फाइदाहरू उल्लेखनीय छन्, डिजिटल प्रणाली कार्यान्वयनमा चुनौतीहरू पनि कम छैनन् ।
. इन्टरनेट पूर्वाधार अझै ग्रामीण क्षेत्रमा पु¥याउन सकिएको छैन ।
. धेरै अस्पतालमा दक्ष आईटी कर्मचारीको अभाव छ ।
. भाषा, साक्षरता र प्रविधिको बुझाइमा असमानता छ, जसले उपयोगकर्तालाई सेवाबाट टाढा बनाउँछ ।
. बजेट सीमितता र प्रविधि अद्यावधिकको निरन्तरताको अभाव ।
. डाटा सुरक्षाका खतरा र साइबर हमलाबाट बच्ने नीति अस्पष्ट छन् ।
भविष्यतर्फका मार्गहरू
यी चुनौतीहरूको समाधान सम्भव छ—नीतिगत, संस्थागत र व्यवहारिक रूपमा ।
. सरकार र अस्पतालहरूले डिजिटल रणनीति स्पष्ट पार्नुपर्छ ।
. डाक्टर, नर्स, फार्मासिस्टहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीको तालिम दिनुपर्छ ।
. जनता र बिरामीहरूलाई प्रविधिमैत्री बनाउन सामुदायिक स्तरमा सूचना कार्यक्रम ल्याउनुपर्छ ।
. प्रदेशस्तरीय क्ष्त् हेल्थ सर्पो युनिट स्थापना गर्न सकिन्छ ।
. निजी क्षेत्रसँग सहकार्य गरेर प्रविधिमा लगानी गर्नुपर्छ ।
इन्टरनेट र डिजिटल प्रणाली अब अस्पतालका लागि वैकल्पिक कुरा रहेन । यो आवश्यकताको स्तरबाट बढेर नीतिगत, सामाजिक र नैतिक बाध्यता बनिसकेको छ । स्वास्थ्य सेवा एउटा संवेदनशील विषय हो, जहाँ प्रविधिको प्रयोगले जीवन बचाउन सक्दछ । अस्पतालहरूले यो सत्यलाई चाँडै आत्मसात् गरेनन् भने सेवाको गुणस्तर मात्र होइन, जनविश्वास गुमाउने जोखिम पनि बढ्छ ।
प्रविधिले उपचारको गति मात्र बढाउँदैन, जीवनको सम्मान पनि बढाउँछ । त्यसैले अब कुनै पनि अस्पतालले “डिजिटल बन्ने कि नबन्ने” भन्ने प्रश्न उठाउने अवस्था छैन । प्रश्न यो हुनुपर्छ—कसरी र कहिले पूर्णरूपमा डिजिटल हुने ?
लेखक आचार्य भेरी अस्पताल नेपालगन्जमा कम्प्युटर सहायकको रुपमा कार्यरत छन् ।