नेपालगन्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि वितरण

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०८२, बुधबार

नेपालगन्ज: नेपालगन्जमा स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि (शतावरी चुर्ण) वितरण गरिएको छ । ३३औं विश्व स्तनपान सप्ताहको अवसरमा आज बाँके आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजना एवम् नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखाको समन्वयमा वडा नम्बर १३ उदयपुर स्वास्थ्य चौकीमा ४० जना स्तनपायी आमाहरुलाई दुग्धबद्र्धक औषधि (शतावरी चुर्ण) वितरण गरिएको आयुर्वेद शाखा प्रमुख डा. सुरेश पुनले बताए ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. आलोक कुमार पाण्डेको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा शतावरी चुर्ण वितरण गरिएको थियो । त्यस अवसरमा वडा नम्बर १३ का वडा अध्यक्ष सुरेश सिंह ठाकुर लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले स्तनपानले शिशुको लागि स्वास्थ्य रक्षाको काम समेत काम गर्ने भएकोले नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति प्रबद्र्धन गर्न आमाको दूध अमृत समान हुने बताए । शिशुहरूका लागि आमाको दूध उत्तम आहार मात्र नभई जीवनरक्षक आहार पनि भएको विष्टले बताए । विष्टले शतावरी चुर्णको सेवनले आमाहरुलाई सहज हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रम सञ्चालन भवानियापुर आयुर्वेद औषधालय प्रमुख डा. मनोज कुमार यादवले गरेका थिए भने स्वागत नेपालगञ्ज उपमहानगरपालिका आयुर्वेद शाखा प्रमुख डा. पुनले गरेका थिए । त्यस अवसरमा नवजात शिशुका आमा तथा आफन्तहरुलाई स्तनपानको महत्त्व, स्तनपान गराउने तरिकाको बारेमा जानकारी समेत गराइएको थियो । विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष मनाइने एक उत्सव हो । यो उत्सव विश्वभर अगस्ट १ देखि ७ सम्म प्रत्येक वर्ष आयोजना गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

  • २१ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech