नेपालगन्जको सडकमा फोहोर फाल्नेलाई कारबाही

    • स्वास्थ्य पेज

  • २१ श्रावण २०८२, बुधबार

नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिकाले सडकमा फोहोरमैला फालेपछि जरिवाना गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर-९ भूमिसुधार तथा मालपोत कार्यालय पछाडि भुसेवा केन्द्र जाने सार्वजनिक बाटोमा जथाभावी फोहोरमैला फाल्ने हरिदेवबक्स कुर्मीलाई ‘नेपालगन्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम रु. पाँच हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए ।

पटक-पटक सम्झाउँदा पनि अटेर गरेपछि चौधरीलाई जरिवाना गरिएको बोगटीले बताए ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धनसंगै नेपालगन्ज उपमहानगरपालिकाले कारबाहीको नीति पनि लिएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए । उनले फोहोर ब्यवस्थापनमा सघाएर नगर सफा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्दै आएका छन् ।

  • २१ श्रावण २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech