पोषणमैत्री स्थानीय शासनको नीतिगत कार्यान्वयनका लागि राप्तीसोनारीमा अभिमुखीकरण

    • स्वास्थ्य पेज

  • १२ श्रावण २०८२, सोमबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनको नीतिगत प्रक्रिया कार्यान्वयनका लागि अभिमुखीकरण गरिएको छ । तीन दिने गाउँपालिकास्तरीय नीतिगत अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसीले बताए ।

स्थानीय शासन प्रणालीले पोषणलाई प्राथमिकतामा राख्नुपर्ने कुरालाई स्पष्ट उल्लेख गरेपछि गाउँपालिकाले यसलाई संस्थागत बनाएको हो ।

पालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त तालिमले पोषणमैत्री स्थानीय शासनलाई प्रभावकारी गराउन प्रारम्भिक मस्यौदा समेत निर्माण गरिएको उनले बताए ।

विज्ञ विष्णु प्रसाद चौवेले सहजीकरण गरेको उक्त तालिममा पोषणमैत्री स्थानीय शासनका विविध पाटाहरुमा छलफल भएको थियो ।

पोषण सुधारका लागि पालिकाले चालु वर्षदेखि बालमैत्री योजना, सुरक्षित मातृत्व सेवा, विद्यालय स्वास्थ्य कार्यक्रम, सुरक्षित खानेपानी तथा सरसफाइलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

  • १२ श्रावण २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech