नेपालगन्जः स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध व्यक्तिहरूले अब पहिलेभन्दा दोब्बर उपचार सहायता पाउने भएका छन्।
आठ जटिल रोगका बिरामीहरूले हाल पाइरहेको एक लाख उपचार सुविधामा आजदेखि थप एक लाख गरी कुल दुई लाख रुपैयाँसम्मको उपचार सहायता पाउने छन्।
‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ आजबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं’ स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने ।
उक्त आठ जटिल रोगमा क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर समावेश छन्।