बीमा बोर्डको सर्भर डाउन हुँदा अस्पतालहरुको सेवा प्रबाहमा समस्या

    • स्वास्थ्य पेज

  • ३१ असार २०८२, मंगलवार

नेपालगन्ज: स्वास्थ्य बीमा बोर्डको सर्भर डाउन हुँदा बिरामीहरुलाई सेवा लिन समस्या भएको छ ।

बीमा बोर्डको सर्भरमा प्राविधिक समस्या आएका कारण लुम्बिनी प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या भएको छ ।

सर्भर डाउन हुँदा बिलिङ, टिकेटिङ लगायतको सेवा प्रबाहमा विलम्ब भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।

बीमा बोर्डको सर्भर डाउन हुँदाको असर लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको प्रमुख प्रेषण भेरी अस्पताल नेपालगन्जमा सबैभन्दा बढी  परेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.नीराजन सुवेदीका अनुसार सर्भरमा आएको समस्याका कारण बिरामीहरु घण्टौ लाइनमा बस्नु पर्ने बाध्यता छ ।

यो अस्पतालको समस्या नभएर बीमा बोर्डकै सरोबरमा देखिएको समस्या भएकाले त्यतैबाट समाधान नगरिदासम्म सहज सेवा प्रबाह गर्न गाह्रो भरहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सुवेदी बताउँछन् ।

दाङको तुल्सिपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पनि सर्भर डाउनले सहज सेवा प्रबाहमा असर पारेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पदम अधिकारीले बताए ।

सर्भर डाउन हुँदा दुई मिनेटमा हुनु पर्ने काम पनि २० मिनेट लाग्ने गरेको छ उनले भने-`जसका कारण बिरामी घण्टौ लाइनमा बस्नु पर्ने बाध्यता भएको छ ।´

  • ३१ असार २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech