तीन मन्त्री र चिकित्सक संघबिचको बैठक स्वास्थ्य मन्त्रालयमा

    • स्वास्थ्य पेज

  • २४ असार २०८२, मंगलवार

नेपालगन्ज: चिकित्सक संघको आन्दोलनको विषयलाई समाधान गर्न सरोकारवाला निकाय र आन्दोलनरत पक्षबीच स्वास्थ्य मन्त्रालयमा बैठक सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका केहि समय अघिदेखि बैठक बसेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल,  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कानुनमन्त्री अजयकुमार चौरासिया सहभागी छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिल बिक्रम कार्की, स्वास्थ्य सचिव विकास देवकाेटालगायत पनि बैठकमा सहभागी भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए ।

‘बैठक केहीबेर अघि सुरु भएको छ, आज वार्ता हुन्छ, चिकित्सकहरुका मागबारे सरोकारवाला निकायले गम्भीर रुपमा चासो दिएको अवस्था छ । आज नै समाधान निस्किन्छ,’ उनले भने ।

चिकित्सकहरुको आन्दोलनका कारण सोमबार र मंगलबार देशभरका अस्पतालमा ओपिडी सेवा ठप्प छ । उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकहरु आन्दोलित बनेका हुन् ।

चिकित्सक संघले सो फैसला कार्यान्वयन नगर्न र कानुन संशोधन गर्न माग राखेको छ । आन्दोलनरत चिकित्सकहरुले आज विहान ११ बजे माइतीघर मण्डलामा प्रदर्शन समेत गरे ।

  • २४ असार २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech