स्वास्थ्यमन्त्री पौडेलको स्वास्थ्यमा सुधार

    • स्वास्थ्य पेज

  • १९ असार २०८२, बिहीबार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । वीर अस्पतालमा उपचाररत मन्त्री पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलको निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ ।

मन्त्री पौडेललाई थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भएर स्वदेश फर्केलगत्तै असार १४ गते अस्पतालको भिआइपी क्याबिनमा भर्ना गरिएको छ ।

उनलाई उच्च ज्वरो आउनुका साथै साथै पेट दुख्ने समस्याको कारणले अस्पतालमा भर्ना गरिएको हो ।

  • १९ असार २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech