सुनौला १००० दिन भनेको के हो ?

    • स्वास्थ्य पेज

  • १८ असार २०८२, बुधबार

सुनौला हजार दिन भन्नाले महिला गर्भवती भएको दिनदेखि बच्चा दुई वर्षसम्मको समयावधि हो । गर्भधारणको ९ महिनाभित्र २ सय ७० दिन हुन्छ । त्यसपछिको दुई वर्षसम्मको अवधिमा ७ सय ३० दिन हुन्छ ।

गर्भधारणको २ सय ७० दिन र त्यसपछिको दुई वर्षको अवधि अर्थात् ७ सय ३० दिन जोड्दा १००० दिन हुन्छ । जसलाई सुनौला १००० दिन भनिन्छ ।

 एक अध्ययनअनुसार, पहिलो दुई वर्षभित्र शिशुको दिमागको विकास ८० प्रतिशत हुन्छ । यो समयावधि शिशुको पोषण सुधारका लागि अति संवेदनशील र महत्त्वपूर्ण हुन्छ ।

शिशु, बालबालिका र आमाको स्वास्थ्य बलियो, प्रतिरोधात्मक प्रणालीको विकास, बौद्धिक विकास, सर्ने तथा नसर्ने रोगहरूको जोखिम घटाउन र दीर्घायुको लागि पोषण आवश्यक पर्छ ।

  • १८ असार २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech