निःशुल्क शिविरमा ४२५ सय जना लाभान्वित

    • स्वास्थ्य पेज

  • १५ असार २०८२, आईतवार

नेपालगन्जः बाँकेको जानकी गाउँपालिका–३ बन्जारेगाउँस्थित श्रीमाध्यमिक बिद्यालयमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ४ सय २५ सय जना लाभान्वित भएका छन् । उक्त शिविरबाट विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सर्वसाधारण गाउँलेहरू निःशुल्क स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा सम्पन्न उक्त शिविरमा जनरल स्वास्थ्य तर्फ २ सय ८२ जना मध्ये पुरुष ९९ सय जना महिला १८३ जना सहित २ सय ८२ जनाले परीक्षण गराएका थिए भने आँखा परीक्षण तर्फ ५५ जना पुरुष र ८८ जना महिला समेत गरी १ सय ४३ जनाले आँखा परीक्षण गराएर औषधी समेत निःशुल्क प्राप्त गरेका थिए ।

ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले दिएको जानकारी अनुसार उक्त शिविरमा सबभन्दा बढी उमेर ८० वर्षका पुरुषको स्वास्थ्य परीक्षण र आँखा परीक्षण गराएका थिए भने शिविरमा सबभन्दा कम उमेर १ वर्षका बालकको स्वास्थ्य परिक्षण गरिएको थियो । शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट श्री माध्यमिक विद्यालय बन्जारेगाउँका कम्प्यूटर अपरेटर कविराम वर्मालाई प्राथमिक उपचार बक्स हस्तान्तरण गरिन् ।

उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक २१ थरीका आौषधीहरु उपलब्ध गरिएको छ । सो अवसरमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका उपाध्यक्ष लेक प्रसाद प्याकुरेलले वडा कार्यालय, विद्यालय परिवार र सबैलाई सहयोगको लागि धन्यवाद सहित मन्तव्य ब्यक्त गरेका थिए । शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा.आशिष न्यौपाने डा. दिपक जायसवाल, दृष्टि विशेषज्ञ जीतेन्द्र कुमार वर्माले जनरल तथा आँखा परीक्षण गरेका थिए ।

आँखा परीक्षणको कार्यमा केन्द्रका सचिव महेन्द्र सेडाई र व्यवस्थापक बामदेव भट्टराईले सहयोग गरेका थिए । स्वास्थ्य सहायक सुर्दशन गुप्ता, स्टाफ नर्स सिमरन श्रेष्ठले स्वास्थ्य परीक्षणमा सहयोग गरे । स्वास्थ्य परीक्षण गरिएका अधिकांश सेवाग्राहीहरु भाइरल ज्वरो, इलर्जी, रुघा खोकी र छाला सम्बन्धि रोगबाट बढी पीडित भएको पाइएको थियो ।

  • १५ असार २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech