नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिकाले जेष्ठ नागरिकसँग अध्यक्ष विशेषज्ञ स्वास्थ्य घरभेट कार्यक्रम अन्तर्गत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।
नसर्ने रोगको प्रभाव न्यूनीकरणमा जोड दिँदै जेष्ठ नागरिकहरुलाई घरदैलोमै सेवा दिने उद्देश्यका साथ शिविर गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र कुमार केसीले जानकारी दिए ।
१५ गते आइतवारदेखि सुरु हुने शिविरको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नेछन् । वडा नं.१ मा रहेको खासकुश्मा स्वास्थ्य चौकीबाट शिविर सुभारम्भ गरिने छ ।
त्यसैगरी १६ सोमवार वडा नं.२ मा रहेको कचनापुर स्वास्थ्य चौकी, १७ गते मंगलवार वडा नं. ८ मा रहेको आभारभूत स्वास्थ्य केन्द्रमा शिविर हुनेछ ।
त्यसैगरी १८ गते बुधवार वडा नं.९ मा रहेको महादेवपुरी स्वास्थ्य चौकी, १९ गते विहीबार वडा नं.३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र, २० गते शुक्रबार वडा नं.४ मा रहेको राप्ती सोनारी अस्पताल, २१ ग्ते शनिवार वडा नं.५ मा रहेको बिनौना स्वास्थ्य चौकीमा शिविर हुनेछ ।
त्यसैगरी २२ गते आइतवार वडा नं.६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा र २३ गते सोमवार वडा नं.७ मा रहेको फत्तेपुर स्वास्थ्य चौकीमा शिविर हुने शाखा प्रमुख केसीले बताए ।
जेष्ठ नागरिकहरुमा दम, प्रेसर, सुगर लगायतको जोखिम बढी हुने भएकाले त्यसको पहिचान गरेर आवश्यक औंषधि उपचार र स्वास्थ्य परामर्श सेवा प्रदान गरिने भएकाले शिविर अत्यन्तै उपयोगीपूर्ण हुने केसीले विश्वास दिलाए ।