नेपालगन्ज: नेपाल औषधि व्यवसायी संघ बाँकेले नेपालगञ्जकी मोनिका कठायतलाई सम्मान गरेको छ । फिलिपिन्समा ‘मिनि मिस ग्लाम इन्टरनेशनल २०२५’ को उपाधि जितेकी कठायतलाई संघले ५२ औं स्थापना दिवसको अवसरमा एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका १३ बस्ने कठायतले मे २४ देखि २९ गतेसम्म फिलिपिन्सको मनिलामा सञ्चालन भएको सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेसनल २०२५’ अन्तर्गत उक्त टाइटल जितेकी थिईन्। देशको झण्डा विश्वसामु फर्फराउन सफल भएको भन्दै संघले कदर पत्र सहित कठायतलाइ सम्मान गरेको संघका कार्यसमिति सदस्य सन्तोष बाबु सुवेदीले जानकारी दिए ।
संघका केन्द्रिय सचिव कृष्ण बहादुर रोकाया, केन्द्रिय सदस्य सरला विष्ट, संघका लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत, जिल्ला अध्यक्ष जयदेव अवस्थी, महासचिव जिवन शर्मा लगायतले कठायतलाई दोसल्ला र कदरपत्र प्रदान गरि सम्मान गरेका हुन् ।
संघले स्थापना दिवसको अवसरमा त्यसअघि नेपालगन्ज र को्हलपुरमा रक्तदान, मानव सेवा आश्रम आदर्शनगरमा आश्रितहरुका लागि साँझको भोजन सहयोग र संघको कार्यालयमा दिप प्रज्वलन गरेको थियो ।