नेपालगन्ज: किटजन्य रोग नियन्त्रणका लागि बाँकेको खजुरामा सचेतनामुलक र्याली निकालिएको छ । ‘लामखुट्टेकाे बासस्थान खाेजी गराैं लार्भा नष्ट गराैं ‘ भन्ने अभियानका साथ सचेनामुलक र्याली गरिएकाे हाे ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे उक्त र्यालीमा लामखुट्टेकाे टाेकाईबाट सर्ने राेगहरुकाे बारेमा स्थानीयबासीहरुलाई जानकारी गराउने काम गरिएकाे शाखा प्रमुख लक्ष्मी ओलीले जानकारी दिइन् ।
बर्षायामसँगै डेंगु र किटजन्य राेगकाे जाेखीम बढ्ने भएकाले त्यसबारेमा आमनागरिकलाई सचेत पार्न कार्यक्रम गरिएकाे उनले बताइन् । साथै लामखुट्टेकाे बासस्थानकाे खाेजी गरी विषादी छर्किने कार्य समेत गरिएकाे उनले बताइन् ।