कोहलपुरः अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शनिवार कोहलपुरमा प्रभातफेरी गरिएको छ ।
कोहलपुर नगरपालिका आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा चौराहबाट पञ्चेबाजासहित सुरु भएको प्रभातफेरी न्युरोडको खुला मैदानमा पुगेर कार्यक्रममा परिणत भएको शाखा प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।
दिवसको अवसरमा तीन दिन निःशुल्क योग शिविर गरिएको उनले बताए । कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विकको अध्यक्षतामा दिवस मनाइएको हो ।