नेपालगन्जः नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाईमा भेरी अस्पतालमा रहेका रेडियोग्राफीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले हातमा कालो पटुटी बाँधेर काम गरिरहेका छन् । रेडियोग्राफी टेक्निसियन राजेश्वर ज्ञवालीका अनुसार सोसाइटीको अगुवाईमा तीन दिनसम्म हातमा कालो पट्टी बाँधेर काम गरिनेछ ।
माग पूरा नभए एमआरआई सेवा, एक्सरे, सिटीस्कानजस्ता सेवा प्रभावित पारिदिने रेडियोग्राफीहरुको चेतावनी छन् । रेडियोलोजी सेवालाई स्वास्थ्यको अभिन्न अङ्गका रुपमा लिइन्छ ।
रेडियोग्राफीहरुको दरवन्दी बढाउनुपर्ने, कार्यभारअनुसार दरवन्दीको पुनःसमायोजन हुनुपर्ने, व्यवस्थापन तहमा समुचित प्रतिनिधित्व हुनुपर्ने, रेडियोलोजीबाट विभाग छुट्याइनुपर्ने लगायतका उनीहरुको माग छ ।