अस्पताललाई चाहिने बेड र फर्निसिङका सबै सामाग्री कोहलपुरबाटै उत्पादन सुरु

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७७, सोमबार

कोहलपुर २६, असोज ।
कोहलपुरका दुईजना युवा मिलेर अस्पतालका लागि चाहिने बेडहरु धमाधम उत्पादन सुरु गरेका छन् । लकडाउनकैबीच २८ बर्षीय सतिस केसी र ३२ बर्षीय सुरेस बुढाथोकीले कोहलपुर नगरपालिका–९ पिपरीमा युनाइटेड एग्रो इन्जिनियरिङ प्रालि स्थापना गरेर अस्पतालका लागि चाहिने बेड तथा फर्निसिङका सामाग्री धमाधम उत्पादन गरिरहनुभएको हो ।

युवा उद्यमी सतिस केसी र सुरेस बुढाथोकी

युवा उद्यमी सतिस केसी र सुरेस बुढाथोकी

‘अस्पतालका लागि चाहिने नर्मल बेड मागअनुसार पूर्ति गर्न सक्छौ कम्पनीका अध्यक्ष केसीले स्वास्थ्य पेजलाई भन्नुभयो–‘तत्काल मागको अवस्था हेर्दा छोटो समयमा हामीले त्यो विश्वास हासिल गरिसकेका छौं ।’ स्थापनाको पाँच महिनामै कम्पनीले करिव दुई हजारको हाराहारीमा वेडहरु विक्री गरिसकेको छ । यहाँका अधिकांश अस्पतालहरुले भारत तथा चीनबाट बेडहरु झिकाउने गरेका छन् । यस्ले एकातिर अस्पतालको लागत खर्च बढ्छ भने गुणस्तर पनि कम हुन्छ ।

‘अस्पतालका लागि चाहिने सामान्य बेड, आइसियू बेड, टेबुल, ¥याकजस्ता फर्निचर हामीले निर्माण गरिरहेका छौं उहाँले भन्नुभयो–‘हाम्रो कम्पनीबाट उत्पादन भएका यी सामग्री सस्तो मूल्यमा मात्र पाइदैन् गुणस्तरीय पनि छन् ।’ गुणस्तरीयताको आधार पनि कम्पनीसँग सुरक्षित छ । वैशाख १२ गतेदेखि कम्पनीले उत्पादन सुरु गर्यो ।

‘घरआगनमै यती ठूलो लगानी गरेर अस्पताललाई चाहिने सबै सामाग्री उत्पादन गरिरहेका छौं तर भारत चीन लगायतका देशहरुबाट मगाउने प्रचलन रोकिएको छैन् ।’ ‘ठूलो कुरा विश्वास हो, नेपालको उत्पादनलाई नेपालमै प्रयोग गर्न सकियो भने ठूलो अर्थतन्त्र विदेश बाहिरिने थिएन’

यही अवधिमा कम्पनीले आइएसओ गुणस्तर चिन्ह पायो । ‘अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता पाएपछि यसले उत्पादन गर्ने सामाग्रीको गुणस्तरबारे धेरै सोच्न पर्ने जरुरी छैन् कम्पनीका प्रबन्ध निर्देशक सुरेस बुढाथोकीले भन्नुभयो–‘नेपालमा मात्र होइन अहिले हाम्रो उत्पादन भारतबाट समेत माग भइरहेको छ ।’ कोरोना महामारीमा हुने मागको आँकलन केसी र बुढाथोकीलाई पहिलै थियो ।

क्वारेन्टिन र आइसोलेसनका लागि आवश्यक बेडहरु पनि निर्माण गर्नुभयोे । कोरोना कहरकाबीच थुप्रै अस्पतालहरुको स्तरनोती गरिएको छ । नेपालगन्जमै पनि थुप्रै आइसोलेसन वेडहरु निर्माण भए । तर ती अस्पतालका शैयाहरु भारतीय र चाइनाका उत्पादनले भरीएको देख्दा भने उनीहरुको मन अमिलो हुन्छ । उहाँका अनुसार भारत र नेपालकै पनि बाहिरी जिल्लाबाट सामान खोज्दै धमाधम मानिसहरु आउँछन् तर आफ्नै क्षेत्र वरिपरी भने अपेक्षा अनुसारको माग आएको छैन ।

नेपालगन्ज अस्पतालहरुको हव नै मानिन्छ । ठूलठूला अस्पताल यही छन् । खुल्नेक्रममा अझै छन् । तर घरआगनमै रहेको कम्पनीद्धारा उत्पादित सामाग्रीको भने यी अस्पतालहरुले सदुपयोग गर्न सकेका छैनन्। ‘हामीलाई यही कुरामा दुख लाग्छ बुढाथोकीले भन्नुभयो–‘घरआगनमै यती ठूलो लगानी गरेर अस्पताललाई चाहिने सबै सामाग्री उत्पादन गरिरहेका छौं तर भारत चीन लगायतका देशहरुबाट मगाउने प्रचलन रोकिएको छैन् ।’ ‘ठूलो कुरा विश्वास हो, नेपालको उत्पादनलाई नेपालमै प्रयोग गर्न सकियो भने ठूलो अर्थतन्त्र विदेश बाहिरिने थिएन’ बुढाथोकीले भन्नुभयो ।

अस्पताललाई चाहिने बेडको मूल्य फरक–फरक छ । सामान्य बेडलाई २० देखि २५ हजार मूल्य कायम गरिएको छ । सेन्सरसहितको आईसियू बेडलाई डेढदेखि अढाई लाखसम्म मूल्य पर्ने बुढाथोकीले बताउनुभयो । सेन्सर बेडले बिरामीलाई आवश्यकताअनुसार स्वचालित रूपमा सुताउने र उठाउने काम गर्ने हुँदा त्यो तुलनात्मक रूपमा महंगो पर्न जान्छ । ‘अहिले हातैले वेडहरु निर्माण गरिरहेका थियौं अध्यक्ष केसीले भन्नुभयो–‘अव तत्काल अत्याधुनिक मेसिन आउँदै छ, त्यसपछि मेसिनबाटै वेडहरु उत्पादन हुने छ ।’

उद्योगका सञ्चालक भने कतिपय मेसिनरी सामान नेपालमै पहिलो पटक आफूले उत्पादन गरिरहेको दाबी गर्छन् । नेपालमा अस्पतालका लागि आइसियू बेड उत्पादन हाम्रो नै पहिलो हो,’ अध्यक्ष केसीले भन्नुभयोे–‘वाइन बनाउने मेसिन (वाइनरी डिस्लरी मेसिन), बोतलमा प्रशोधन गरिएको पानी भर्ने मेसिन (बोटलिङ प्लान्ट)उत्पादन पनि नेपालमा पहिलो हो ।’

नेपालमा अस्पतालका लागि आईसियू बेड उत्पादन गर्ने यो नै पहिलो कम्पनी हो । यो कम्पनीले अस्पतालका वेडहरुमात्र बनाउँदैन् अंगुरबाट वाइन बनाउने, पानी प्रशोधनदेखि बोतलमा भरेर सिल गर्ने र दूध डेरीमा चाहिने प्रशोधन मेसिन समेत बनाउने गरेको छ । त्यस्तै जिम क्लबका लागि आवश्यक पर्ने बेञ्च प्रेस मेसिन र अरू सामग्री, रक्सी राख्ने ट्याङ्की, फोहोर व्यवस्थापनमा चाहिने उपकरण र कृषि सामग्रीसमेत कम्पनीले उत्पादन गर्छ ।

उद्योगका सञ्चालक भने कतिपय मेसिनरी सामान नेपालमै पहिलो पटक आफूले उत्पादन गरिरहेको दाबी गर्छन् । नेपालमा अस्पतालका लागि आइसियू बेड उत्पादन हाम्रो नै पहिलो हो,’ अध्यक्ष केसीले भन्नुभयोे–‘वाइन बनाउने मेसिन (वाइनरी डिस्लरी मेसिन), बोतलमा प्रशोधन गरिएको पानी भर्ने मेसिन (बोटलिङ प्लान्ट)उत्पादन पनि नेपालमा पहिलो हो ।’ यो कम्पनीमा जग्गासहित करिव ६ करोडको हाराहारीमा लगानी भइसकेको छ । उनीहरुले अहिले २६ जनालाई रोजगारी समेत दिएका छन् ।

सबैभन्दा ठूलो इच्छाशक्ती हो भण्डारीको भनाइ छ, आट, साहस र व्यवसायप्रतिको इमान्दारिता हुने हो भने असम्भव भन्ने हुदैन् । त्यसैले त छोटो समयमा यो कम्पनीले आफ्नो छुट्टै छाप छोड्न सफल भएको हो ।

कम्प्युटर इन्जिनियर केसी र रेडियो ल्याव टेक्निसियन बुढाथोकीलाई यति ठूलो उद्योग खोल्ने योजना कसरी बन्यो ? बुढाथोकी भन्नुहुन्छ–‘रेडियो ल्याव टेक्निसियन पढेपनि म उद्योग नै खोल्छु भन्ने योजनामा थिए, मेरो पढाई पनि हेल्थ रिलेटेड भएकाले नयाँ र सम्भावना भएको यही उद्योग स्थापना गर्यौ ।’ नाताले केसी र बुढाथोकी दुईभाई हुनुहुन्छ । (फुपु र मामा चेला)। सबैभन्दा ठूलो इच्छाशक्ती हो बुढाथोकीको भनाइ छ, आट, साहस र व्यवसायप्रतिको इमान्दारिता हुने हो भने असम्भव भन्ने हुदैन् । त्यसैले त छोटो समयमा यो कम्पनीले आफ्नो छुट्टै छाप छोड्न सफल भएको हो ।

नर्मल बेड उत्पादनका लागि कुनै समस्या छैन् । कच्चा पदार्थ सबै नेपालमा पाइन्छ । तर आईसीयू बेडका लागि भने कच्चा पदार्थ भारत तथा चीनबाट झिकाउनु पर्दा नीतिगत समस्या छ । करोडौं लगानी जोखिममा राखेर स्थापना भएका यस्ता उद्योगप्रति राज्य उदार भइदिनु पर्ने बुढाथोकी बताउनुहुन्छ । यस्ता कम्पनीहरुको संरक्षण, सम्बद्र्धन र प्रबर्धनमा राज्यको ध्यान जानु पर्ने केसी र बुढाथोकीको भनाइ छ । उहाँहरु भन्नुहुन्छ–‘अव यो कम्पनीलाई दीर्घकालिनरुपमै अघि बढाउने योजना बनाइसक्यौं अस्पतालका लागि चाहिने वेड तथा फर्निसिङका सामाग्रीमात्र होइन् मेसिनरी सामाग्री उत्पादनको पनि हव बनाउछौं ।’

  • २६ आश्विन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech