नेपालगन्ज: स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परिक्षण सम्बन्धी क्षमता विकास अभिमुखीकरण सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा नेपालगन्जमा आयोजनामा भएको अभिमुखीकरणमा बाँकेका स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरु, स्वास्थ्यकर्मी र स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्थाका पदाधिकारिहरुको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सचिब दुर्गालक्ष्मी श्रेष्ठले स्वास्थ्य संस्थाहरुमा जवाफदेही कायम गर्न सामाजिक जवाफदेहिता परिक्षण जरुरी रहेको बताइन् । उनले सुशासन, पार्दशिता र जवाफदेहिताका लागि क्षमता अभिवृद्धि गनु अपरिहार्य रहेको बताइन् ।
स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्न स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुखहरु, स्वास्थ्यकर्मी र स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघसंस्थाका पदाधिकारिहरुलाई सामाजिक जवाफदेहिता परिक्षण सम्बन्धी क्षमता विकास अभिमुखीकरण गराइएको बताए ।