लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोलि जमुनाह नाकामा

    • स्वास्थ्य पेज

  • ५ असार २०८२, बिहीबार

नेपालगन्जः लुम्विनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोलि जमुनाह नाका पुगेको छ । मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ र निर्देशक रोशनलाल चौधरी लगायतको टोलिले नेपाल–भारत सिमानामा रहेको बाँके जिल्लाको जमुनाह हेल्थ डेस्कको अनुगमन तथा छलफल गरेको छ ।

सचिव श्रेष्ठ र निर्देशक चौधरीले हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुसँग सेवाको व्यवस्थान र प्रभावकारिताको विषयमा छलफल गरेका हुन् । स्वास्थ्य सचिव श्रेष्ठले रुपैडिया नाकाबाट भित्रिने यात्रीको स्वास्थ्य अवस्था जाँच गरी सरुवा रोग लागेका बिरामीलाई आइसोलेसन र सरुवा रोग लागेका ब्यक्तिको सम्पर्कमा आएका निरोगीलाई क्वारेन्टाइनमा राखी रोग फैलिनबाट रोक्नु पर्ने बताए ।

सरुवा रोग भित्रिनबाट रोक्न हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरुको भूमिका महत्वपूर्ण भएको र त्यसका लागि स्वास्थ्यकर्मीले इमान्दारीतापूर्वक सेवा प्रदान गर्नुपर्ने बताए । उनले त्यसको व्यवस्थापनमा मन्त्रालयले समेत सहजीकरण गर्ने धारणा राखे ।

निर्देशक चौधरीले भारतमा फैलिएको कुनै पनि रोग यात्रुमार्फत नेपाल भित्रिन नदिने गरी काम गर्न निर्देशन समेत दिए । छलफलमा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरेश श्रेष्ठ र हेल्थ डेस्कबाट १२ जना स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सहभागि थिए ।

  • ५ असार २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech