नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका आयुर्वेद शाखाको आयोजनामा शनिबार नेपालगन्जमा नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपालगन्ज उपमहानगरपालिका-४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
कुल २ सय ३१ जनाले सेवा लिएको शिविरमा हाडजोर्नी रोग सम्बन्धि सेवा अन्तर्गत घुँडा र जोर्नीको समस्या, नशा रोग सम्बन्धि सेवा लिने बिरामीहरुको संख्या बढी थियो । स्त्री तथा प्रसुतीरोग सम्बन्धि विभिन्न समस्या भएका बिरामीहरुले समेत शिविरबाट उपचार तथा परामर्श सेवा लिएका थिए ।
शिविरमा पाचन प्रणाली सम्बन्धि समस्याहरु, अस्थिपञ्जर प्रणाली सम्बन्धि समस्या, स्नायु तथा मांशपेशी समस्या, मूत्र प्रणाली, श्वासप्रश्वास, छाला लगायत समस्या भएका विरामीहरुलाई सेवा प्रदान गरिएको आयुर्वेद शाखा प्रमुख डा.सुरेश पुनले स्वास्थ्य पेजलाई जानकारी दिए । शिविरमा डा. पुन लगायत डा.सरोजमणि पोख्रेल, डा.प्रवेश श्रीवास्तव, डा.आलोक पाण्डे, डा.गिता रेग्मी, डा.कृष्ण चापागाई, डा. अकबर अली, डा.मनोज कुमार यादवले विरामीको स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा प्रदान गरेका थिए ।
बिरामीहरुलाई स्वास्थ्य चेकजाँचपछि औषधि समेत उपलब्ध गराइएको थियो । आयुर्वेद शाखाका अनुसार नेपालगञ्जको जयसपुर, परसपुर र भवानियापुर आयुर्वेद औषधालयले कार्यालय समयमा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण सेवा निरन्तर उपलब्ध गराइरहेका छन् ।