बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान मन्त्रालयको आग्रह

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०८२, बुधबार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

गर्मी तथा वर्षायामसँगै झाडापखाला तथा हैजा जस्ता पानीजन्य रोग फैलने हुँदा यस्ता रोगबाट बच्न बासी सडेगलेका झिँगा भन्केका खानेकुरा नखान मन्त्रालयले आग्रह गरेको हो ।

काँचै खान मिल्ने फलफूल तथा तरकारी शुद्धीकरण गरेका पानी प्रयोग गरी राम्रोसँग सफा गरेर मात्र खान मन्त्रालयको अनुरोध छ ।

खानेकुरा र पानीलाई राम्ररी छोपेर राख्न, भान्सा व्यवस्थित र सफा राख्न, राम्रोसँग पाकेको खानेकुरा मात्रै खान, भाँडाकुँडालाई राम्रोसँग भित्रबाहिर सफा गर्न मन्त्रालयको सुझाव छ ।

त्यस्तै, मन्त्रालयले खाना पकाउनु र पस्कनु अघि साबुन पानीले राम्रोसँग हात धुन, बच्चालाई खाना खुवाउने भाँडा ( दुधदानी, चम्चा, कचौरा ) निर्मलीकरण गर्न आग्रह गरेको छ ।

  • २८ जेष्ठ २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech