नेपालगन्जः विश्व वातावरण दिवसको विशेष अवसरमा योग समिति नेपालले आफ्नो ४४ औं यो केन्द्रको शुभारम्भ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर २ पुष्पलाल चोक नजिक योग समित नेपालको ४४ औँ नयाँ योग केन्द्रको सुभारम्भ गरिएको हो ।
योग समिति नेपालका अध्यक्ष गिरिराज भट्राईको अध्यक्षतामा नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता तथा जिल्ला प्रशासन कार्यालय बॅाकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी को विशिष्ट आतिथ्यतामा संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी योग केन्द्रको उद्घाटन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बॅाकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, सल्यान जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्मा, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकर गुप्ता, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, जिल्ला प्रहरी कार्यालय बॅाकेका प्रहरी प्रमुख राम प्रसाद घर्ती मगर, बॅाकेका शशस्त्र प्रहरी प्रमुख शोभाकान्त खनाल,बॅाके वन कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा ४४ औं योग केन्द्र व्यवस्थापन समिति गठन गरिएको छ । प्रमुख संयोजकमा नन्दलाल बैश्य, संयोजकमा आनन्द मोहपाल रहेका छन् । यस्तै सदस्यहरूमा श्याम गुप्ता, डा. राजेन्द्रप्रसाद गुप्ता, बिजय गुप्ता, अजय गुप्ता, पारस मोहपाल, लल्लन चौधरी ,सन्तोष बैश्य, सन्जय पोरवाल, जितेन्द्र गुप्ता, राम किशोर गुप्ता, सुनिल गुप्ता, दिनेश गुप्ता रहेका छन् ।
टंक धामी,आनन्द मिना मोहपाल र राम पयारे गुप्ता सल्लाहारका रुपमा चयन भएका छन् । कार्यक्रममा स्वागत नृत्य बालयोगी कलाकार गिरिश्मा शर्मा र निरीक्षा शर्माले गरेका थिए भने गायक चक्र मल्लले सन्देशमूलक गीत गाएका थिए। कार्यक्रमको सञ्चालन चिरञ्जीवी ज्ञवालीले गरेको योग समितिका उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा)ले जानकारी दिइन् ।
जिल्ला वन कार्यालयको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण सहभागीहरूलाई एक–एक वटा बिरुवा समेत उपहारका रुपमा वितरण गरिएको थियो ।