कोभिडबाट मृत्यु भएकाको शव व्यवस्थापनमा चुनौति

    • स्वास्थ्य पेज

  • २५ आश्विन २०७७, आईतवार

नेपालगन्ज २५, असोज ।
कोरोना भाइरस संक्रमणबाट बाँकेमा अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि नेपालगन्ज र कोहलपुरका दुई कोभिड अस्पतालमा भर्ना गरिएका १२ जनाको मृत्यु भएको छ । ती सबै शवको व्यवस्थापन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले बाँकेमै गरेको छ ।

जिल्लाभित्रकै शव व्यवस्थापन गर्न कठिन भइरहेका बेला बाहिरी जिल्लाका पनि कोभिडबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने भार केन्द्रलाई थपिएपछि आर्थिक कठिनाइ भएको केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका सिडिओ रामबहादुर कुरुम्वाङले बताउनुभयो । शव व्यवस्थापनमा स्थानीय सरकारले समेत सहयोग गरेका छैनन् । एउटा शवको व्यवस्थापन गर्न कम्तिमा ७० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने सिडियो कुरुम्वाङको भनाइ छ ।

यो हिसावले हेर्दा अहिलेसम्म केन्द्रले शव व्यवस्थापनकै लागि करिव २६ लाख खर्च गरिसकेको छ । संक्रमितहरुको मृत्युदर बढ्दै गएकाले केन्द्रलाई शव व्यवस्थापनका लागि रकम अभाव हुन थालेको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्ला बाहिरका मृतकहरुको समेत शव व्यवस्थापन गर्नु परेपछि केन्द्रलाई व्यवभार थपिएको उहाँको भनाइ छ । कोभिडबाट मृत्यु भएका व्यक्तीको शव त्यही पालिकाले व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

तर त्यसका लागि स्थानीय सरकारले चासै दिएका छैनन् । बाँकेमा कोरानाबाट सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकाका मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको गाइडलाइन अनुसार, भाइरस संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव नेपाली सेनाले व्यवस्थापन गर्ने गरेको छ । शव व्यवस्थापनका लागि बाँँकेकमा शवबाहन छैन् ।

जस्का कारण गाडी भाडामा लिएर शब लैजानु परेको छ । शव व्यवस्थापनमा खटिने टीमलाई स्वास्थ्य सुरक्षा सामाग्री, गाडी भाडा, तेल, शव गाड्ने खाल्डो खन्न, पुर्नसम्म रकम खर्चिनु परेको केन्द्रले जनाएको छ ।

  • २५ आश्विन २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech