बैजनाथको डाइनामिक स्कुलमा आयोजित स्वास्थ्य शिविरमा ७ सय बढीले सेवा लिए

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०८२, शनिबार

कोहलपुर: बैजनाथ गाउँपालिका-४ स्थित डाइनामिक इंगलिस मिडियम स्कुलमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा करिब ७ सय बिरामीले सेवा लिएका छन् ।

नेपालगन्ज भुजईगाउँस्थित केयर सिटी हस्पिटलको आयोजनामा भएको शिविरमा सात सय बढी बिरामीको नि:शुल्क चेकजाँच र करिब १५० बढी बिरामीलाई भिडियो एक्सरे सेवा प्रदान गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालले स्कुलसँगको सहकार्यमा उक्त शिविरको आयोजना गरेको थियो ।

शिविरमा खासगरी बालरोग विशेषज्ञ सेवा र स्त्रीरोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो । अस्पतालका बालरोग विशेषज्ञ डा.विष्णु कुमार थापा र प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.राजन महतले बिरामीलाई उपचार तथा परामर्श सेवा प्रदान गरेका थिए । बच्चाहरुमा खासगरी टाउँको दुख्ने समस्या, आँखाको पावरको समस्या, पेट दुखाई र ८० प्रतिशत बढीमा कब्जियतको समस्या देखिएको बालरोग विशेषज्ञ डा.थापाले जानकारी दिए ।

स्कुलमा अध्ययनरत विद्यार्थी र उनीहरूका अभिभावकहरु शिविरबाट लाभान्वित भए ।

  • २४ जेष्ठ २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech