काठमाडौंः निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा कम्प्युटरको माध्यामबाट घुँडा प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ । अस्पतालले नेभिगेटर ‘सिस्टम फर नि अर्थोप्लाष्टि’को माध्यामबाट घुँडा प्रत्यारोपण गर्न सुरु गरेको अस्पतालका हाडजोर्नी तथा जोर्नी प्रत्यारेपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठले जानकारी दिए।
अस्पतालले यो सेवा पहिलोपटक सञ्चालनमा ल्याएको अर्थोपेडिक सर्जन डा मरहठ्ठको भनाइ छ । यो उपकरणबाट अस्पतालले शनिबार र आइतबा गरि दुई दिनमा चारखजनालाई सेवा दिनेछ ।
डा मरहठ्ठ भन्छन्, “यो उपकरणको माध्येमबाट अस्पतालले दुई दिनमा चारजनाको प्रत्यारोपण गरिसकेको छ । शनिबार भारतिय चिकित्सकको सहायतामा गरिएको छ भने आइतबार अस्पतालको आफ्नै टिमले प्रत्यारोपण गरेको हो ।”
यो प्रविधि सञ्चालन हुनुभन्दा पहिले अस्पतालले पराम्परागत तरिकाले जोर्नी प्रत्यारोपण गर्दै आएको थियो । त्यो बेलामा चिकित्सकको अनुभवको आधारमा प्रत्यारोपण गर्ने गरेको पनि डा।मरहठ्ठ बताउँछन् । अहिले यो प्रविधि भित्रिएसँगै अस्पतालले कम्प्युटरमा हेरेर बिरामीको जोर्नीमा कति क्षती भएको रु कति प्रत्यारोपण आवश्यक छ ? भनेर हेरेर गर्न सकिने उनको भनाइ छ ।
उनी भन्छन्, “नेभिगेसन प्रणाली अर्थात कम्प्युटर प्रणलीको माध्यामबाट कुनठाउँमा कस्तो समस्या छ हेरेर कस्तो उपचार आवश्यक पर्छ भनेर त्यहीअनुसार उपचार गर्न सकिन्छ ।”
डा।सुमन बाबु मरहठ्ठकाअनुसार सिभिल अस्पतालले विगत १२ वर्षदेखि घुँडा तथा जोर्नी प्रत्यारोपण गदैँ आएको छ । यो अवधिमा अस्पतालले एक हजार देखि १२ सयको हारहारीमा प्रत्यारोपण गरेको डा मरहठ्ठको दाबी छ ।
सरकारी अस्पतालमा हुने जोर्नी प्रत्यारोपण सेवा सिभिल अस्पतालमा सबैभन्दा बढि हुने मरहठ्ठको दाबी छ । उनकाअनुसार अस्पतालले सस्तोमा गुणस्तरीय घुँडा तथा जोर्नी प्रत्यारोपण सेवा दिदैँ आएको छ ।
अस्पतालले तीन लाखदेखि तीन लाख १५ हजार रुपियाँमा जोर्नी तथा घुँडा प्रत्यारोपण गर्दै आएको छ । २०८१ सालमा अस्पतालले १२९ जनाले घुँडा प्रत्यारोपण गरेका तथ्याङ्क छ । नेपालमा जोर्नी, घुँडा प्रत्यारोपण गर्ने बिरामीको संख्या दिनप्रत्यदिन बढ्दै गएको छ ।
के हो हड्डी खिइने समस्या ?
चिकित्सककाअनुसार हड्डी खिइने समस्या मुख्य रुपमा जोर्नीहरुमा हुने दीर्घकालीन समस्या हो । यो समस्या विशेषगरी, उमेर बढ्दै जाँदा, बाथरोग भएर चोट लागेर वा कुनै सङ्क्रमण भएर हड्डीमा भएको कार्टिलेज बिस्तारै घिर्सँदै जाने डा मरहठ्ठले बताए । हड्डी खिइदा जोर्नी दुख्ने, सुन्नीने, हिड्डुल गर्न गाह्रो हुने जस्ता लक्षण देखिने गर्छन् ।
कस्तो अवस्थामा प्रत्यारोपण गरिन्छ ?
जुनसुकै कारणले खिइएको घुँडा विभिन्न उपचार प्रद्धति जस्तै थेरापी, खोप, औषधीको माध्येमबाट दुखाई कम गर्न सकिएन भने र एक्स्रे गर्दा घुँडा वा जोर्नी खिइएको वा बाड्गो भएको देखिएमा घुँडा, जोर्नी, प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ । उनी भन्छन्, “प्रत्यारोपण पछि बिरामीको दुखाई कम हुनुका साथै बिरामीलाइ पहिलेको अवस्थामा फर्काउन सकिन्छ ।”