सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०८२, बिहीबार

काठमाडौं: सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनसंरचना गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई पुनसंरचना गर्ने बताएका हुन् ।

पुनसंरचनाका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यावन्यन र दायारा बिस्तार गरिने उनले जानकारी दिए । त्यसैगरी, बिमितको सुविधा थैली पनि क्रमश वृद्धि गर्ने पौडेलले जानकारी दिए ।

हाल ५ जनाको परिवारका लागि एक लाखसम्मको सुविधा थैली रहेको छ । त्यसैगरी, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने सरकारले घोषणा गरेको छ ।

  • १५ जेष्ठ २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech