काठमाडौं २५, असोज ।
सरकार र २७ दिनदेखि अनशनरत डा गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आइतबार बिहान साढे ९ बजे अनशन तोड्ने हुनुभएको छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएको थियो । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
सहमतिमा के छ ?