बढैयातालमा योग समिति नेपालको ४० औं योग केन्द्र विस्तार

    • स्वास्थ्य पेज

  • १३ जेष्ठ २०८२, मंगलवार

नेपालगन्जः योग समिति नेपालले आफ्नो ४० औं योग केन्द्र विस्तार गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका वडा नं.८ मा ४० औं योग केन्द्रको भव्य शुभारम्भ गरिएको छ ।

बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले सुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै योग स्वास्थ्यका लागि महत्वपूर्ण भएको बताए ।

उनले आफ्नो पालिकामा योग केन्द्र स्थापना हुनु गर्वको बिषय भएको बताउँदै स्वस्थ जीवनका लागि योग गर्न सबैलाई आव्हान समेत गरे ।

बढैयाताल गाउँपालिका वडा नं.८ का वडा अध्यक्ष चेतनाथ पौडेलले योगप्रतिको बढ्दो चेतना, शारीरिक तथा मानसिक स्वास्थ्यप्रतिको जागरूकताको प्रंशसा गरे ।

योग गुरु आयुर्वेदाचार्य गिरिराज भट्टराईले उर्जाशील प्रवचनसहित योगासन, सुष्म क्रिया, प्रणायाम र ध्यानको माध्यमबाट सहभागिहरुलाई योगप्रति प्रेरित गरेका थिए ।

निर्मला आचार्यद्धारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमको उद्देश्य बारे योग प्रशिक्षक कमला ओली क्षेत्रीले प्रकाश पारेकी थिइन् भने कार्यक्रमको संचालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गरेका थिए ।

त्यस्तै कार्यक्रममा ४० औं योग केन्द्र व्यवस्थापन समिति समेत गठन गरिएको छ ।समितिको प्रमुख संयोजकमा योग प्रशिक्षक कमला ओली क्षेत्री रहेकी छिन् भने संयोजकमा निर्मला आचार्य र सहसंयोजक सम्शेर मल्ल रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा गीता के.सी, शोभा अधिकारी, उक्त मल्ल, निलम गौतम, पार्वती थारु, पार्वती चौधरी, साबित्री भट्टराई, मन्जु पौडेल, कृष्ण कँडेल, रश्मी न्यौपाने ,शेषकान्त सुवेदी रहेका छन् ।

केन्द्रको सल्लाहकारहरूमा गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, वडा अध्यक्ष चेतनाथ पौडेल, वडा सदस्य डिल्लीराम गौतम रहेको योग अभियान्ता लोकमाया सुवेदी सुमित्राले जानकारी दिइन् ।

  • १३ जेष्ठ २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech