भेरी अस्पतालले भन्यो,-कोरोना समुदायस्तरमा आक्रामकरुपमा फैलियो, सचेत रहनुहोस्

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

नेपालगन्ज २४, असोज ।
भेरी अस्पताल नेपागन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा अहिलेसम्मकै धेरै भाइरस संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ४ सय १२ नमुना परीक्षण गरिएकोमा एक सय ३ जनामा भाइरस संक्रमण फेलामा परेको हो ।

अस्पतालले आजको परीक्षण रिपोर्टले कोरोना भाइरस संक्रमण समुदायस्तरमा आक्रामक रुपमा फैलिएको भन्दै सचेत रहन सर्वसाधरणलाई अपिल गरेको छ । स्वास्थ्य सुरक्षाका लागि सरकारले जारी गरेका मापदण्ड कडाइका साथ पालना गर्न भेरी अस्पतालले आग्रह गरेको छ ।

भेरीले भनेको छ,- व्यक्तिगत सुरक्षाका उपायहरु अवलम्बन् गरौं, सतर्क रहौं । शनिवार संक्रमण पुष्टि भएका एक सय ३ जना मध्ये अधिकांश बर्दियाका छन् ।

बर्दियाका ७९ जनामा भाइरस संक्रमण देखिएको छ । त्यसमा ५६ जना मधुवन नगरपालिकाका रहेको अस्पतालले जनाएको छ ।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech