जानकी गाउँपालिकामा आजदेखि निःशुल्क कान शिविर सुरु

    • स्वास्थ्य पेज

  • ५ जेष्ठ २०८२, सोमबार

नेपालगन्जः बाँकेको जानकी गाउँपालिकामा सोमवारदेखि निःशुल्क प्राथमिक कान शिविर सुरु भएको छ । जानकी गाउँपालिकाको आयोजना तथा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलटेक्राको प्राविधिक सहयोगमा शिविर सुरु भएको हो ।

आइतवार जानकी गाउँपालिका वडा नं.१ साइगाउँ स्वास्थ्य चौकीमा भएको शिविरमा ७१ ज्नाको कानको निःशुल्क चेकजाँच गरिएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाका आउट रिच इन्चार्ज भीषण थारुले जानकारी दिए । उनका अनुसार कान पाक्ने समस्या १७ जनामा देखिएको छ ।

त्यसैगरी ७ जनालाई भने थप उपचारका लागि रिफर गरिएको वरिष्ठ कान सहायक चिकित्सक समेत रहेका इन्चार्ज थारुले जानकारी दिए । उनीसँगै कान सहयाक चिकित्सक दामोदर चौधरीले बिरामीहरुको कानको चेकजाँच गरेका थिए ।

सबै वडालाई लक्षित गरेर सुरु गरिएको शिविर ६ गते वडा नंं.२ स्थित बेलभार स्वास्थ्य चौकी, ७ गते वडा नं.३ स्थित इन्द्रपुर स्वास्थ्य चौकी, ८ गते वडा नं.४ स्थित खजुराखुर्द स्वास्थ्य चौकी, ९ गते वडा नं.५ स्थित १० गते बेलहरी स्वास्थ्य चौकी र ११ गते वडा नं.६ स्थित गनापुर स्वास्थ्य चौकीमा हुनेछ ।

  • ५ जेष्ठ २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech