बैतडीः बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका छन् । खोपको अभाव हुँदा बिरामीहरु खोप लगाउन जिल्लाबाहिर जान बाध्य भएका छन् ।
जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत तीन हप्तादेखि अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव छ । यसका बारे प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराउँदासमेत हालसम्म पनि उपलब्ध हुनसकेको छैन ।
जिल्लाको तीन स्थानमा रेबिजविरुद्धको खोप दिइने गरिन्छ । सदरमुकामस्थित जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट रेबिजविरुद्धको खोप दिइने गरिन्छ ।
पछिल्लो समय जिल्ला अस्पताल र स्वास्थ्य केन्द्रमा खोप अभाव रहेकाले जनावरले टोकेर आउने बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् ।