डा केसीको स्वास्थ्य ‘अत्यन्तै’ गम्भीरः ९ चिकित्सकद्धारा जीवनरक्षाको अपील

    • स्वास्थ्य पेज

  • २४ आश्विन २०७७, शनिबार

काठमाडौं २४, असोज ।

२७ दिनदेखि अनशनरत प्रा.डा गोविन्द केसीको स्वास्थ्य अवस्था ‘अत्यन्तै’गम्भीर भएको भन्दै शनिबार ९ जना चिकित्सकले उहाँको जीवनरक्षाको माग गरेका छन्।

चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर केदारनरसिंह केसी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भगवान कोइराला, पूर्वस्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्वराजदूत रहेका डाक्टर महेश मास्के, चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर अञ्जनीकुमार झा, डाक्टर मुक्तिराम श्रेष्ठ, डा सरोज धिताल, डाक्टर चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकूलपति डाक्टर अर्जुन कार्कीले संयुक्त अपिल जारी गर्दै
सरकारसँग डा केसीको जीवन रक्षाका लागि अपील गर्नुभएको हो ।

उहाँहरुले सरकारी टोलीले वार्ता गर्दा उहाँको जीवन रक्षाको प्रमुख दायित्व सम्झन आग्रह गर्नुभएको छ । ‘उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तै गम्भीर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन र सम्माननीय प्रधानमन्त्रीज्यूले सकारात्मक दृष्टिकोण राखी यथासक्य निचोडमा पुर्‍याउने वातावरण तयार गर्न तपसिलका चिकित्सकहरु हार्दिक अपिल गर्दछौं’, अपीलमा भनिएको छ, ‘हाल भइरहेको वार्तालाई जिम्मेवार, प्रभावकारी र ठोस निर्णयमा पुर्‍याउनका निमित्त अपनाउनुपर्ने संवेदनशीलतालाई सूक्ष्म रुपमा मनन गरेर डाक्टर केसीको जीवन रक्षा गर्ने प्रमुख दायित्वप्रति वार्ता समूह गम्भीर हुन हामी गर्दछौं।

चिकित्सकहरुले सम्झौताको भावना र मर्म अनुरुप नेपाल सरकारको तर्फबाट स्वामित्व ग्रहण गरेका जायज मागको कार्यान्वयनमा जोड दिएका छन्।

  • २४ आश्विन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech