नर्भिक अस्पतालद्वारा उत्कृष्ट १६ नर्सिङ कर्मचारी पुरस्कृत

    • स्वास्थ्य पेज

  • ३० बैशाख २०८२, मंगलवार

काठमाडौंः नर्भिक इन्टरनेशनल अस्पतालले उत्कृष्ट १६ नर्सिङ कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । विश्व नर्सिङ दिवसका अवसरमा आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले १६ जनालाई ‘बेस्ट नर्सिङ स्टाफ’ अवार्डबाट पुरस्कृत गरे ।

पुरस्कृत हुनेहरूमा नेहा ट्वाटी, प्रविना डंगोल, उषा पन्त, अर्डिना गैडा, आयशा डंगौरा, अन्जली गोले, रक्षा थापा, रश्मी थापामगर, सचिना महर्जन, सिमरन देव, अक्षिता कार्की, अस्मिता सुनारी मगर, लक्ष्मीकेशरी फैंजु, विपिना घले, गोपालबहादुर बिक र कीर्ति श्रेष्ठ रहेका छन् । पुरस्कृत नर्सिङ कर्मचारीहरूलाई अस्पतालका तर्फबाट प्रमाणपत्र र मिडास डे स्पाको निःशुल्क गिफ्ट भौचर पनि प्रदान गरिएको थियो ।

सो अवसरमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालको मुख्य आधारशीला नै नर्सहरू भएको उल्लेख गर्दै सबै नर्सहरूलाई समान व्यवहार र एक अर्कालाई उत्प्रेरणा जगाउने काम गर्नुपर्ने बताइन् । उनले आगामी दिनमा डेजी फाउन्डेशनको सहकार्यमा उत्कृष्ट नर्सहरूलाई पुरस्कृत गर्दै अघि बढ्ने अवसर दिने पनि बताइन्।

यसअघि अस्पतालले वाकाथन कार्यक्रम आयोजना गरेको थियो । स्वास्थ्य सेवामा नर्सहरूको समर्पण र योगदानलाई अझ बढी उजागर गर्ने उद्देश्यले विश्व नर्सिङ दिवसका अवसरमा वाकाथन आयोजना गरिएको अस्पतालले जनाएको छ । आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्स काउन्सिलको आह्वानमा हरेक वर्ष मे १२ का दिन यो दिवस मनाउने गरिन्छ ।

  • ३० बैशाख २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech