कोहलपुरः नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तीन दिन ओपिडी सेवा निःशुल्क दिने भएको छ । कोहलपुर नगरपालिकाको स्थापना दिवसको अवसरमा भोलिसम्म निःशुल्क ओपिडी सेवा उपलब्ध गराइएको प्रशासन प्रमुख रामकृष्ण हमालले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा कोहलपुरबासीका लागि तीन दिन निःशुल्क ओपिडी सेवा प्रदान गरिएको उनको भनाइ । २५, २६ र २७ गते ओपिडी सेवामा छुट गरिएको हमालले बताए ।
यसैबीच लर्डबुद्ध एजेकेशनल एकेडेमी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई कोहलपुर नगरपालिकाले आफ्नो १२ औं स्थापना दिवसको अवसरमा संस्थागत तर्फ सबैभन्दा धेरै कर बुझाएको भन्दै सम्मानित समेत गरेको छ ।