राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेष्ठ १ गतेबाट स्वास्थ्य बीमा अन्तर्गतका सेवामा कटौती

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०८२, सोमबार

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ । आर्थिक संकट परेको भन्दै प्रतिष्ठानले स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको एक सूचना मार्फत जानकारी गराएको हो ।

आगामी जेठ १ गतेदेखि लागू हुने गरी बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा स्थगित गरेको सूचनामा उल्लेख छ । राष्ट्रिय बीमा बोर्डबाट रकम नपाउँदा आर्थिक संकट परेको भन्दै प्रतिष्ठानले सेवा कटौती गर्नुपरेको जनाएको हो ।

बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु रहने, इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुने , यसैगरी तीन महिनाको निमित्त उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुने सूचनामा भनिएको छ । बीमा सेवा अन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि सीमित गरिएको छ ।

बिमाको रकम भुत्तानी नहुँदा देशैभरका विभिन्न अस्पतालहरुले समस्या भोगिरहेका छन् ।

यसैबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आईतबार नेपालगन्ज स्थित भेरी अस्पतालमा आयोजित एक कार्यक्रममा दायित्वको २० देखि २५ प्रतिशत रकम अस्पतालहरुले आजभोलीमै पाउँने जानकारी गराएका थिए ।

हेर्नुहोस् सूचना

  • २२ बैशाख २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech