लिमीमा लगाइयो एचपिभी खोप

    • स्वास्थ्य पेज

  • १० बैशाख २०८२, बुधबार

हुम्लाः हुम्लाको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एिचपिभी) खोप लगाएका छन् ।

हिमपातका कारण बन्द रहेको लिमी प्रवेश गर्ने नाकाहरु सञ्चालनमा आएसँगै खोप ढुवानी भएपछि किशोरीहरुलाई सो खोप लिइएको हो ।

नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले यहाँका किरोशीहरुलाई एचपिभी खोल लगाइएको जानकारी दिनुभयो । तीन दिनका पैदल यात्राबाट भ्याक्सीन लिमी ल्याइएको उहाँको भनाइ छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ खोप वटा केन्द्रबाट ३१९ किशोरीलाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म २२७ जनाले खोप लगाएका छन् । यो लक्ष्य अनुसार ७१ प्रतिशत हो ।

जिल्लाको लक्षित सङ्ख्या तीन हजार ४४३ जना रहेकोमा त्यसमा हालसम्म तीन हजार २८१ जना किशोरीले खोप लगाएका थिए । विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने दशदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई उक्त खोप लगाइएको हो । यो अभियानका लागि जिल्ला भरिका ९९ वटा खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र एक सय ९८ जना स्वयंसेवक परिचालन गरिएको थियो ।

देशभर गत माघ २२ गतेबाट खोप लगाउन सुरु गरिएको भए पनि जिल्लामा चिसो मौसमका साथै दुर्गम जिल्ला भएका कारण विद्यालय समेत बन्द रहेको कारण फागुन १८ गतेबाट खोप अभिययान सुरु भएको थियो । किशोरीहरुलाई खोप लगाउनका लागि तीन हजार ७८० भाइल खोप जिल्लामा आइपुगेको थियो ।

  • १० बैशाख २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech