नेपालगन्जः औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई वटा औषधि तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ ।
‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । विभागले यो ब्याचका औषधिहरूको सिफारिश, बिक्री/वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।