गेटा आँखा अस्पतालका प्रमुखसहितका दुई जना लागुऔषधसहित पक्राउ

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०८२, शुक्रबार

नेपालगन्जः गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कु। निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन् ।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको चौराहबाट लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानिया र त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बानियाले चलाएको लुप्रप्र ०१००१प९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको डीएसपी बोहराले बताए । दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

  • ५ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech