महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सिंहको निधन

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८२, बिहीबार

नेपालगन्जः नेपालगन्जकी एक जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सिंहको निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ की महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका राधिका कुमारी सिंहको ४६ वर्षको उमेरमा निधन भएको हो ।

केही दिन देखि अस्वस्थ उनको भारतको लखनउमा उपचार भइरहेको थियो । उनको लखनउमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

समुदायको स्वास्थ्य सेवामा अतुलनीय योगदान पुर्‍याउँदै आएकी सिंहको निधनले एक जना कुशल महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका उपमहानगरपालिकाले गुमाएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

  • ४ बैशाख २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech