स्वास्थ्यमन्त्री पौडेल आज नेपालगन्ज आउँदै

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०८१, शुक्रबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज नेपालगन्ज आउँदैछन् । नेपाल चिकित्सक संघ भेरी शाखाको आयोजनामा नेपालगन्जमा आयोजना गरिएको प्रातःकालीन हिँडाइ अर्थात वाकाथनमा सहभागि हुन उनी बेलुका नेपालगन्ज आउन लागेका हुन् ।

‘स्वास्थ्यका लागि प्रातःकालीन हिँडाइ’ भन्ने मूल नारासहित भोलि शनिवार नेपालगन्जमा वाकाथन हुन लागेको कार्यक्रम संयोजक डा.किशोर खत्रीले जानकारी दिए ।

विहान साढे ६ बजे गणेशमान चोक नजिकै रहेको नेपाल चिकित्सक संघ, भेरी शाखाबाट सुरु हुने वाकाथन विरेन्द्र चोक पुगेर पुनः गणेशमान चोकमा आएर समापन हुने उनले बताए ।

‘स्वास्थ्य सचेतना विस्तार गर्ने तथा नेपालगन्जको पर्यटकीय स्थलहरुको प्रवर्धन गर्ने र आम नेपाली दाजुभाई, दिदिवहिनीहरुलाई एकताको मालामा गास्ने उद्देश्यले वाकाथनको आयोजना गरिएको हो’–उनले भने ।  बालरोग विशेषज्ञ डा.खत्री वाकाथानलाई अभियानकै रुपमा लिएर हिडेका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री पौडेलले भोलि विहान साढे ८ बजे पार्टी कार्यालयमा कार्यकर्तासँग पनि भेटभाट गर्ने कार्यक्रम रहेको काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले जानकारी दिए ।

  • ७ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech