नेपालगन्ज नर्सिङ क्याम्पसमा देवर्चना अधिकारीको प्यानल विजयी

    • स्वास्थ्य पेज

  • ४ चैत्र २०८१, मंगलवार

नेपालगन्ज: नेपालगन्ज नर्सिङ क्याम्पसमा  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल विजयी भएको छ।

मंगलवार राति सम्पन्न मतगणनामा अनेरास्ववियुकी देवर्चना अधिकारी २३४ मतसहित सभापतिमा निर्वाचित भएकी हुन्। अनेरास्ववियुले सचिव, कोषाध्यक्षसहित सबै पदमा जित हासिल गरेको क्याम्पस प्रशासनले जनाएको छ।

सचिवमा ईसा पौडेल, कोषाध्यक्षमा अस्मिता सिंह निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरूमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही र यशोदा खड्का निर्वाचित भएका छन्।

  • ४ चैत्र २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech