नेपालगन्जः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पताल नेपालगन्जमा चैत महिनाभित्र नयाँ सेवा थप्ने भएको छ । १४ संघीय अस्पतालमा १८ वटा सेवा थप गर्ने निर्णय गरेको मन्त्रालयले भेरी अस्पतालमा तीन वटा सेवा थप र विस्तार गर्ने तयारी गरेको हो । १० आइसीयू शैया थप गर्दै जलन वार्डमा ६ शैया थप गर्ने तयारी मन्त्रालयले गरेको छ ।
त्यसैगरी सिकलसेल स्क्रिनिङ वार्डबाट १८ महिना मुनिका बच्चाको परीक्षण सेवा पनि सुरु गरिने तालिका मन्त्रालयले सार्वजनिक गरेको छ । चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने गरी सेवा विस्तार गरिन लागिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । त्यसैगरी डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना शंकलन सेवा चैत्र तेश्रो साताभित्र शुरु हुने बुढाथोकीले बताए ।
‘चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक भएको छ’ प्रवक्ता बुढाथोकीले स्वास्थ्य पेजलाई भने । सेवा विस्तारको योजना अनुसार अस्पतालहरुले मन्त्रालयमा पठाएका विवरणका आधारमा चैत महिनामा गर्न सकिने विस्तार र सेवा थपको विवरण तयार पारिएको उनले बताए ।
मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउनेदेखि आइभीएफ सेवा थाल्ने, शैया विस्तार, विगतमा सेवा नभएका अस्पतालमा नयाँ सेवा थप लगायतका कामहरु गरिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आएका छन् ।
कुन अस्पतालमा के सेवा थप हुँदै?