काठमाडौंः नवनियुक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाले पदाबहाली गरेका छन् । डा.देवकोटालाई बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गरेको थियो ।
बिहीबार मन्त्रालय पुगेर डा.देवकोटाले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।
स्वास्थ्य सचिव रहेका डा.रोशन पोखरेलले यही फागुन १२ गते अवकास पाएपछि उक्त पद रिक्त भएको थियो ।
स्वास्थ्य सचिवका लागि देवकोटासहित ३ अतिरिक्त सचिवको नाम सिफारिस गरिएको थियो ।
लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेकोमा डा.देवकोटालाई स्वास्थ्य सचिव नियुक्त गरिएको हो ।