बालबालिका सम्वन्धी जटिल रोगका विज्ञ डा.भट्टराई नेपालगन्ज आउँदै

    • स्वास्थ्य पेज

  • १४ फाल्गुन २०८१, बुधबार

नेपालगन्जः बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई यसक्षेत्रका बालबालिकाको उपचार तथा परामर्शका लागि नेपालगन्ज आउँदैछन् ।

विशेषगरी बालबालिकालाई एउटै रोग बल्झिरहने समस्याका कारण पीडित अभिभावकहरुले बढी लाभ लिन सक्नेछन् । लामो समयदेखि यस्तै रोगको पहिचान, उपचार र निदानमा बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराई संलग्न छन् । बालबालिकालाई एउटै रोग बल्झिरहनुलाई घातक हुन नसक्ने उनी चेतावनी दिन्छन् ।

बालबालिकामा बढ्दो उमेरसँगै थुप्रै शारीरिक, मानसिक परिवर्तन देखापर्छन्। यही क्रममा कतिपय बच्चामा आनीबानी, हाउभाउ, जीवनशैलीमा केही असहज लाग्ने लक्षण देखिन सक्छन्।

त्यस्ता केही समस्या क्षणिक हुन्छन् भने कुनैलाई विशेष सल्लाहको जरुरत पर्न सक्छ। तीमध्ये अधिकांश सामान्य समस्या हुने भए पनि यसले अभिभावकमा धेरै चिन्ता हुन सक्छ।

बारम्वार विरामी भइरहने र रोग पत्ता नलागेका (क्यान्सर रोग) बाहेकका बालबालिकाहरुको परामर्श सेवा प्रदान गर्नका लागि नेपालगन्जस्थित केयर सिटी अस्पतालले बालरोग तथा रोग प्रतिरक्षा विषेशज्ञ डाक्टर धर्मागत भट्टराईलाई नेपालगन्जमा बोलाएको छ ।

नेपालका एकमात्र डिएम बाल इम्युनोलोजिष्ट तथा न्युमाटोलोजिष्ट डा.भट्टराईले यही शुक्रबार र शनिवार केयर सिटीबाट सेवा दिने अस्पातलका म्यानेजर सन्तोष शाहले जानकारी दिए ।

बालबालिका र किशोर किशोरीमा अनावश्यक औषधिको प्रयोगले गर्ने हानी र सही औषधि कसरी छनोट गर्नेलगायतका विषयमा समेत डा.भट्टराईले परामर्शसँगै उपचार सेवा प्रदान गर्नेछन् ।

  • १४ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech