आयोडिन नुनको महत्वबारे सचेतना फैलाउँदै उपमहानगर

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०८१, मंगलवार

नेपालगन्जः मानव जातिको जीवनलाई गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पुर्ण रुपमा मानसिक तथा शारीरीक विकासका लागि मानिसलाई विभिन्न किसिमका पोषणयुक्त तत्वहरुको अति आवश्यक पर्दछ। यी आवश्यक तत्वहरुमध्ये आयोडिन पनि एक महत्वपूर्ण खनिज तत्व हो। जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा आवश्यक पर्दछ। गर्भावस्थादेखि दुई वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिसत विकास भैसकेको हुन्छ। त्यसैले यस समयमा शरीरमा आयोडिनको कमि भएमा मानसिक तथा शारीरिक विकासमा समेतमा अवरोध आउँछ।

नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ। त्यसैले हामी नेपालीहरुले हाम्रो दैनिक खानामा आयोडिन मिसाएको नुन खानामा खानु नै एक मात्रा सरल उपाय हो। ढिके तथा खुल्ला नुनमा आयोडिन मिसाएको भएता पनि यसलाई भन्डारण गर्दा र बजारमा खुल्ला रुपमा राख्दा यसमा भएको आयोडिन उडेर नास भएको हुन्छ। यि यस्तै कुराको सचेतना फैलाउन फ्रेवअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले आयोडिन महिनाको अवसरमा २३ वटै वडा स्वास्थ्य संस्थाहरूबाट आयोडिनको महत्वबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वली बताउँछन् । यसैक्रममा उपमहानगरपालिकाले साल्ट ट्रेडिङ नेपालगन्जसँगको सहकार्यमा सेवाग्राहीहरूलाई आयोडिनयुक्त नुन प्रयोगका फाइदाबारे जानकारी दिने काम गर्दै आएको छ। विद्यालय तहका विद्यार्थीहरूलाई आयोडिनको आवश्यकता तथा यसको कमीले हुने असरबारे जानकारी प्रदान गरिएको छ उपमहानगर पालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्छ भन्छन् -‘गर्भवती महिलाहरूलाई निः शुल्क आयोडिनयुक्त नुन वितरण गर्ने कार्यक्रम पनि तय भएको छ ।’

आयोडिन नुनको महत्वबारे जानकारी प्रवाह गर्न मंगलवार नेपालगन्जमा प्ले कार्डसहित सन्देशमूलक प्रभातफेरी गरिएको छ । प्रभातफेरीमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगर प्रहरि तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले ‘आयोडिनयुक्त नुन प्रयोग गरौँ, स्वस्थ जीवन जिउँ’ जस्ता नारासहितका प्ले कार्ड सहित नगर परिक्रमा गरेका थिए। कार्यक्रममा आयोडिनयुक्त नुनको प्रयोगलाई प्रवर्द्धन गर्दै जनसाधारणमा चेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जन स्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

  • १३ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech